विजयपुर । १५ बर्ष पछाडि धरानेहरु नेपालको चर्चित व्याण्ड नेपथ्यका गीतहरुमा मन्त्रमुग्ध भएर झुम्ने मौका पाए ,।

बेण्डको २५ बर्षगाठका अवसर पारेर धरानको रंगशालामा बीपीका विद्यार्थीहरुको संस्था परिक्रमा समूह र एमसी कफी हाउसले यो अवसर जुराइदिएका हो ।

शुक्रबार साझ धरानको रंगशालामा दर्शकको खचाखच भीडले भरिएको थियो । उनीहरु भीडको कुनै वास्ता नगरी तछाड मछाड गर्दै नेपथ्यको प्रस्तुति हेर्न त्यहाँ पुगेका थिए । निर्धारित समयमा शुरु भएको कन्सर्टमा पुगेका धरानेहरु नेपथ्यले आफ्नो व्यान्ड शुरुवातकै समयमा गाएको ‘छेक्यो छेक्या देउराली डाडा हुस्सु र कुहिराले’ भन्ने गीत पस्किदा भीडमा भएका सर्वसाधारणले नेपथ्यसंगै गाउदै नाचेका थिए ।

एक पछि अर्को चर्चित गीत पस्किन शुरु गरेको वेण्डको अर्को चर्चित गीत ‘चरी मर्यो सिर्सैका गोलीले’ भन्ने गीत गायक अमृत गुरुङ्गले पस्केपछि उत्साहित सर्वसाधारण संगसगै नाचेका थिए । सुरक्षाकर्मीका बाक्लो उपस्थिति र प्रवेशमा कडा चकजाचका बाबजुद पनि उनीहरु धरानेहरुलाई नेपथ्यको गीत सुन्न रंशाशाला पुगेका थिए ।

नेपथ्यले आफ्नो प्रस्तुतिमा ‘रेशम, गण्डकीको तीरैमा, यो जीन्दगानी, रातो रगत चन्द्र र सूर्य जस्ता अत्यन्तै लोकप्रिय एक दर्जन भन्दा बढी गीतहरु पस्केको थियो । कन्सर्टमा जाने दर्शकहरुका लागि भने पार्किङ्गको समस्या भागेका थिए । त्यहा धरान १६ को सुगोल ुयुथ क्लबले पार्किङ्ग शुल्क लिएको थियो ।

पार्किङ्ग शुःल्क वापत एउटा मोटरसाइकल बराबर ५० रुपैया लिदा पनि राम्रो पार्किङ्गको व्यवस्था नभएको, हेलमेटको सुरक्षा आफैले गर्नुपर्ने जस्ता गैरजिम्मेवारी कामले भने दर्शकमा नैराश्यता छाएको थियो । त्यतिमात्र हैन हेलमेडको सुरक्षा पार्किङ्गको शुल्क उठाउनले गर्न नसक्ने अनि हेलमेड लिएर रंगशालाभित्र प्रवेश गर्न नदिने कार्यले दर्शकहरु आक्रोसित बनेका थिए ।

कन्सर्ट बीपी प्रतिष्ठानमा चिकित्सा सम्बन्धी खोज अनुसन्धान केन्द्र बनाउनको लागि आयोजना गरिएको आयोजकले जनाएको छ ।

2 5 4 3 3 4 1 4 5 3