विराटनगर । गायक जि.एम. राईको स्वर रहेको ‘माया तिमी गर्छौ भने’ बोलको गीतकोे म्यूजिक भिडियो सार्वजानिक भएको छ । एक कार्यक्रम आयोजना गरी युटुवमार्फत म्यूजिक भिडियो सार्वजानिक गरिएको हो ।
उक्त म्यूजिक भिडियोको निर्देशन दिनेश माङ्गमुले गरेका छन् । यस गीतको शब्द, संगीत टिका वोम्जोनले गरेका छन् भने ऐरेन्ज पवन लामाले गरेका हुन् ।

गायक राइको स्वर रहेको गीतको भिडियो निर्देशक माङ्गमुले उत्कृष्ट ढङ्गले प्रस्तुत गरेका छन् । यस म्यूजिक भिडियोमा कलाकार निराजन प्रधान र रेखा लिम्बुले अभियन गरेका छन् । उक्त म्यूजिक भिडियो एक्शन स्टुडीयोमा रेकडिङ्ग गरेको थियो भने श्रृङ्गार बिमला तामाङ्ग र छायाँकन अर्जुन तिवारीले गरेका छन् । सम्पादन भने विकास धमलाले गरेका छन् ।