श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ पौष २३ गते सोमबार, ७ जनवरी २०१९ । पौष शुक्लपक्षको प्रतिपदा तिथि ७ः५९ बजेसम्म उप्रान्त द्वितीया, नक्षत्र उत्तरषाढा १९ः४३ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि मकर, सूर्योदय ६ः५८ र सूर्यास्त ५ः२२ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
समय उत्तमखालको छ । पठन पाठन तथा लेखन कार्यमा रुची बढ्नेछ । रमणिय स्थानको भ्र्रमण गर्ने अवसर मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । कार्य व्यवसायमा विघ्न वाधा आइपर्न सक्छ । अरुको काममा बढी समय दिनु पर्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
ठेक्का पट्टा तथा तत्जन्य कार्य व्यवसायमा रुची बढ्नेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा जमिन तथा भवन सम्बन्धि काममा रुची बढ्नेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । विछोडिएका साथीभाइहरुसित रमइलो भेटघाट एवं खानपिनमा दिन वित्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वस्त्र तथा आभूषण प्राप्त होला । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ । अतिथि सेवा सत्कारमा दिन वित्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । कार्य व्यवसायमा विशेष लाभ मिल्ला । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शरिर अस्वस्थ्य रहला । अनावश्यक काममा ठूलै धनराशि खर्च हुनेछ । आर्थिक संकटको सामना गर्नुपर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा जमिन तथा भवन सम्बन्धि काममा रुची बढ्नेछ । महिलामित्रको विशेष सहयोग मिल्ला । शुभ समाचार सुन्न पाइएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कला तथा साहित्यको क्ष्ँेत्रमा सक्रिय भइएला । समाजका गन्यमान्य व्यक्ति तथा प्रतिष्ठित व्यक्तिहरुसित भेटघाट हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । राजनैतिक निकायमा तपाइको उच्च स्थान रहला । लाभदायी यात्रामा शरिक भइएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ठेक्का पट्टा तथा कृषिस“ग सम्बन्धित काममा विशेष लाभ मिल्ला । मातृपक्षको सहयोग प्राप्त भइरहला ।