धरान / बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पदाधिकारीहरुविचको मनमुटावले प्रतिष्ठान धारसायी भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थानीय नेतृत्वले चासो देखाएको छ ।
मंगलबार नेकपाका धरान क्षेत्रमा रहेका नेता तथा कार्यकताहरु पुगी प्रतिष्ठानका उपकुलपति प्राडा राजकुमार रौनियार, शिक्षाध्यक्ष प्राडा गुरुप्रसाद खनाल, अस्पताल निर्देशक डा. गौरीशंकर साहलाई भेटेर प्रतिष्ठानको अवस्थाबारे जानकारी लिएका छन् । छलफलमा रजिष्टार तुलबहादुर श्रेष्ठ भने उपस्थित थिएनन ।
तुलबहादुर श्रेष्ठ र उपकुलपति रौनियारविचको अन्तद्वन्द्वले प्रतिष्ठानमा भएका निर्माण, नियुक्तीलगायका प्रशासनीक कामहरु स्वास्थ्य मन्त्रालयले रोकेको थियो । आन्तरिक द्वन्द्वले बीपी प्रतिष्ठान धारासायी बनेको भन्दै पार्टीले सुधार्न सुझाव दिएको हो ।
छलफलमा पार्टीका जिल्ला नेता, प्रकाश राई, बेणु काफ्ले, मुरारी सुबेदी, नेकपाका नेता तथा औषधी व्यवसायी सिपी दत्त, नगर नेताहरु नारायण सुवेदी, चोत्लुङ, हिमाल लिम्बुलगायतले तत्काल प्रतिष्ठानलाई सुधार गरेर भरपर्दो सेवा दिने माग गरेका थिए । प्रतिष्ठानमा पदाधिकारीहरुवीचको द्वन्द्वले विमारीहरुले भरपर्दो उपचार नपाएको गुनासो आउन थाले पछि नेकपा धरान कमिटीको नेतृत्वमा प्रतिष्ठान परिषरमा पदाधिकारीहरुसँग छलफल गरिएको नगर नेता नारायण सुवेदीले जानकारी दिए ।
प्रतिष्ठानका चारैजना पदाधिकारीहरुलाई राखेर मिल्न नसक्नुको कारण, अस्पताल सेवा प्रभावकारी बनाउने बिषयमा जानकारी लिएर सुधार गर्न दबाब दिने उद्देश्यले नेकपाको टोली त्यहाँ पुगेको हो । उनीहरुले यहाँको समस्याको नेतृत्वको हिसावले उपकुलपतिले जिम्मेवारी लिनुपर्ने बताएका थिए ।
छलफलमा पार्टीले उठाएको प्रश्नबारे उपकुलपति रौनियारले जवाफ दिएका थिए । उनले बीपी प्रतिष्ठानमा हाल भईरहेको अस्पताल सुधार तथा सेवा विस्तारबारे जानकारी गराएका थिए । रेक्टर खनालले प्रतिष्ठानका निर्णयहरुमा आफुलाई कुनै जानकारी नगराएको गुनासो गरे पछि चर्काचर्कीसमेत भएको थियो ।
बीपी प्रतिष्ठानबारे नेकपाको चासो
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































