नेपाली कांग्रेसले मंगलबार बसेको प्रतिनिधिसभा बैठक चल्न दिएन । कांग्रेस नेता प्रकाशमान सिंहले जीवपी कोर्यराला तथा शुशिल कोइराला स्वास्थ्य प्रतिष्ठानलाई संघीय सरकार मातहतमा ल्याउन निर्णय नभएसम्म संसद चल्न नदिने भने पछि सबै प्रतिपक्ष सांसदहरुले रोष्टम घेराउका लागि अगाडी बढेका थिए । बैठक सुरु हुने वित्तिकै कांग्रेस सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले सिंहलाई समय दिएका थिए । सोही समयमा सिंहले माग पुरा नभएसम्म संसद चल्न नदिने बताएका हुन् ।
जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई अबिलम्व केन्द्र सरकार मातहत नराखेसम्म संसद चल्न नदिने कांग्रेसको अडान छ ।
त्यस्तै चिकित्सा शिक्षा विधेयक अबिलम्ब संशोधन गर्नुपर्ने कांग्रेसको माग छ । लगतै कांग्रेस सांसदहरुले रोष्टम घेराउ गर्न गएका हुन् । १५ मिनटका लागि स्थगित भएको बैठक निर्धारित समय सकिँदा पनि अझै चल्न सकेको छैन । सभामुख महराले पटक पटक माननीयहरुलाई बस्न आग्रह गरेका थिए । उनले उठान भएका विषयमा सरकारलाई जानकार िगराएको समेत अनुरोध गर्दा पनि काग्रेसले अवरुद्ध गर्न छाडेको छैन् ।
कांग्रेसले सोमबार पनि संघीय संसदका दुवै सदनको बैठक अवरुद्ध गरेको थियो ।