मधुमल्ला/मोरङको मिक्लाजुङ–७ मा आयोजित दोस्रो मिक्लाजुङ अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको मंगलबारको खेलमा छात्रातर्फ टाँडी मावि र छात्रतर्फ मदर मधुमल्ला अंग्रेजी मावि विजयी बनेका छन् ।
टाँडी माविले कालिका समुदायिक माविलाई ३–० गोल अन्तरले हराउँदै सेमीफाइनल प्रवेश गरेको छ । खेलमा रेखा राई, विनिता राई र सीता राईले गोल गरे । छात्रतर्फ टाँडी माविलाई मदरले १–० गोलले हराउँदै दोस्रो चरण प्रवेश गरेको छ । जितका लागि लिसार मगरले निर्णायक गोल गरे । खेलमा म्यान अफ दी म्याच छात्रातर्फ टाँडी माविकी बिनीता राई घोषित हुँदा छात्रमा मदर मधुमल्लाका लिसार मगर घोषित भए ।
दीपज्योति युवा क्लब र मनोहर जनता स्वर्ण महोत्सब मूल समारोह समितिको आयोजनामा जारी प्रतियोगितामा बुधबार भगवती मावि र सरस्वती माविबीच हुने छ । त्यस्तै छात्रतर्फ क्लासिकल स्कुल र सरस्वती अंग्रेजी माविबीच हुने खेल प्रचार संयोजक केशब खड्काले बताए ।