धरान /  पानवारी भलिबल कपमा एपिएफ र पुलिस विजयी भएका छन् । एक नं. प्रदेश प्रहरी रानीले केराबारी गाँउपालिकालाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । प्रहरीले केराबारी गाँउपालिकालाई २५–१३, २५–१६ र २५–२२ को सोझो सेटले पराजित गरेको हो । खेलको म्यान अफ द म्याच केराबारीका सूर्य भण्डारी घोषित भए ।
त्यस्तै दोस्रो खेलमा एपिएफ पकलीले फुङनाम स्पोर्टीङ क्लब इलामलाई ३–१ को सेटमा पराजित गरेको छ । पहिलो र दोस्रो सेट एपिएफल २५–२२ र २५–२३ ले जितेको एपिएफ तेस्रो सेटमा १८–२५ ले हारेको थियो । चौथो सेटमा २५–२३ को प्रतिस्पर्धामा इलामलाई पराजि गर्दै एपिएफ क्वाटर फाइनल प्रवेश गरेको हो । एपिएफले बुधबार फाइलन प्रवेशका लागी भोजपुरको आमचोक गाँउपालिकासँग प्रतिष्पर्धा गर्नेछ । खेलको म्यान अफ द म्याच इलामका कपिल बस्नेत घोषित भएका थिए ।
बुधबार आँमचोक गाँउपालिका भोजपुर र शसस्त्र प्रहरी बल पकलीबीच खेल हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद रु ७५ हजार र ३० तोला चाँदीको रनिङ ट्रफि पुरस्कार पाउने छ भने उपविजेताले नगद रु ४१ हजार सहित ट्रफि प्राप्त गर्नेछ ।