धरान / मोडल सुमी मोक्तानको नयाँ म्युजिक भिडियो ‘तिम्रो याद’ सार्वजनिक भएको छ ।
भिडियोमा उनलाई रितेश गुरुङले साथ दिएका छन् । भिडियोमा एक जोडीको बिछोडको पीडा देखाइएको छ । ज्ञान सुब्बाको स्वर, दिनेश सुब्बाको सङ्गीत र प्रतिक चामलिङको शब्द रहेको छ ।
सोनाम पाख्रिनको निर्देशन रहेको म्युजिक भिडियोमा उत्सब दाहालले छायाङ्कन गरेका छन् । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ ।