पथरी /पिस ल्याम्प इन्टरनेशनल प्राइभेट लिमिटेड काठमाडौंले मोरङको पथरीमा ‘द भ्वाइस अफ नेपाल’ का गायकहरूलाई उर्ताने भएको छ ।

लाइभ इन म्युजिकल कन्सर्टमार्फत् कलाकार उतार्ने भएको हो । मङ्गलबार पथरीमा पत्रकार सम्मेलन गर्दै माघ २५ गते कन्सर्ट गरिने भएको हो । कन्सर्टमा द भ्वाइस अफ नेपालका विजेता सीडी विजय अधिकारी, फस्ट रनअफ त्रय कुशल आचार्य, सप्तक दुतराज, श्रीजय थपलिया, टप ८ पर्न सफल सुरेश क्षेत्री, श्रेया राई, विवेक वाइवा, अनु शाक्यले प्रस्तुति दिँदै छन् । प्रालिका मेनेजिङ डाइरेक्टर अनुप लामाका अनुसार पथरी रङ्गशालामा हुँदै छ । प्रालिले माघ २१ गते धरानमा, माघ २३ गते बिर्तामोडमा र माघ २६ गते केरखामा लाइभ कन्सर्ट गर्ने भएको हो ।