धरान/ शाहरुख खानका छोरा आर्यन खानको फेसबुक अकाउन्ट अचानक ह्याक भएको छ । आर्यनले अर्को सामाजिक सञ्जाल इन्स्टाग्रामबाट फेसबुक अकाउन्ट ह्याक भएको जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘मेरो फेसबुक अकाउन्ट ह्योक भयो ।
त्यसैले कोही कसैले उक्त अकान्टबाट भएका सबै प्रकारका गतिविधिलाई कृपया वास्ता नगर्नुहोला ।’ क्यालिफोर्नियामा बसेर अध्ययन गरिरहेका आर्यनको इन्स्टाग्राममा मात्रै ९ लाख ७४ हजारभन्दा माथि फलोवर्स छन् ।
आर्यनको बेलाबेला बच्चन परिवारको नातिनीसँग अफेयर भएको हल्ला बाहिरिने गरेको छ ।