धरान/ अञ्जु पन्त पछिल्लो समय फेरि क्रियाशील बनेकी छन् । केही समय गीतसङ्गीतबाट झण्डै टाढा रहेकी उनको आवाजमा ‘हाँसी–हाँसी बाँच प्रिय’ बोलको भिडियो गीत रिलिज भएको छ ।
प्रेमीको यादमा गाइएको उक्त गीतले उनको विगतको कथा पनि खोलेको झै लाग्दछ । दीपा मेवाहाङ राईको शब्द तथा तथा डिआर अटुको सङ्गीत रहेको छ । आफ्ना सिर्जनालाई दर्शक तथा स्रोता सामू पुर्याउन पाउँदा निकै खुसी लागेको गीतकार दीपाले बताइन् ।
कलाकारविहीन गीतको भिडियो चाडै नै चर्चित कलाकार समावेश गरेर छायाङ्कन गरिने उनले बताइन् ।