धरान/ नायिका प्रियङ्का कार्कीसँगको इङ्गेजमेन्टका कारण चर्चामा रहेका अभिनेता तथा मोडल आयुष्मान देशराज जोशीको नयाँ फिल्म शुभ मुहूर्त भएको छ ।

जोशी र शिल्पा मास्केको मुख्य अभिनय रहेको फिल्म ‘सानो मन’ को बिहीबार शुभ मुहूर्त गरिएको हो । काठमाडौँको कमलादीस्थित गणेशस्थान मन्दिरमा मुहूर्त गरिएको छ । फिल्मको छायाङ्कन पनि शुरु भएको छ ।

काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायाङ्कन हुने फिल्ममा हङकङ निवासी सुयोग गुरुङको एक्सन–कट रहनेछ । म्यूजिकल लभस्टोरी जनरामा निर्माण भइरहेको छ ।

ओपिजी फिल्मस् र ए प्लस इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको फिल्ममा उनीहरूको अलवा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङ्देल, रश्मी भट्टलगायत रहने छन् ।

फिल्ममा साजन सिंहको कोरियोग्राफी रहने छ । कोरियोग्राफर सिंह बलिउड सुपरस्टार सलमान खानका ‘पर्सनल ट्रेनर’ हुन् ।