धरान/ बलिउडकी नायिका नम्रता शिरोडकर विहेपछि गुमनाम छिन् । उनी रङ्गीन दुनियाबाट बिदा लिएझै देखिएकी छन् ।
उनले २१ वर्षको उमेरमा फेमिना मिस इण्डियाको उपाधि जितेकी थिइन् । त्यसपछि उनी रङ्गीन दुनियामा प्रवेश गरेकी उनी विहेपछि भने गुमनाम झैं छिन् । त्यसो त, नम्रताले ८ वर्षको उमेरमै फिल्ममा डेब्यु गरेकी थिइन् ।
महाराष्टूमा जन्मिएकी नम्रता सन् १९९३ मा मिस इण्डिया बनेकी थिइन् । उनको परिवारमा शिल्पा शिरोडकर पनि नायिकाको रूपमा चर्चित छिन् । उनको फिल्म करिअरको शुरुवात सलमान खान र ट्विङ्कल खन्नाको साथमा ‘जब प्यार किसी से होता है’ बाट भएको थियो ।
तर, धेरै कमलाई थाहा छ कि उनले सन् १९७७ मा ‘शिरडी के साइबाबा’ फिल्ममा बाल्य कलाकारको भूमिका देखिएकी थिइन् । तर, उनले दक्षिण भारतीय फिल्मका स्टार महेस बाबुसँग २००५ मा विहे गरेपछि भने फिल्मी क्षेत्र पूरै त्यागेकी छन् ।

अहिले भने उनी सामाजिक सञ्जालहरूमा छाउने गरेकी छन् ।