काठमाडौँ/ गायक उर्गेन लामाको 'फुलको माला' सार्वजनिक भएको छ चर्चित ग्ल्यामर्स फोटोग्राफर कुबेर तामाङ म्युजिक भिडियो मार्फत म्युजिक भिडियोमा पुनरागमन भएका छन्।
गायक उर्गेन लामाको नया गित “फुलको माला उनेर” को नया म्युजिक भिडियो मार्फत चर्चित ग्ल्यामर्स फोटोग्राफर तथा फोटो जर्नालिस्ट कुबेर तामाङ र नब मोडल ज्योति प्रसाईले भिडियोमा डेब्यु गरेकी छिन् ।
गायक उर्गेन डि लामा सांगीतिक क्षेत्रका एक चर्चित गायक हुन् । लगभग दुइ दशक अघिदेखी साँगीतीक क्षेत्रमा लागेका उर्गेन लामाले दर्जनौ चर्चित गितहरु नेपाली सांगीतिक क्षेत्रमा पस्किसकेका छन् । केहि समयको अन्तराल पछि गायक लामा फेरी आफ्नै गीतको म्युजिक भिडियो डाइरेक्सन सहित सांगीतिक क्षेत्रमा छलांग मार्न पुनरागमन भएका छन् ।
काभ्रेको सुन्दर गाउ तेमालमा छायांकन गरिएको म्युजिक भिडियो दर्शक श्ररुताको रोजाइमा पर्दै गएको छ िशब्द संगीत तथा स्वर गायक उर्गेन लामाको नै रहेको यस म्युजिक भिडियोलाइ गायक आफैले निर्देशन गरेका छन् भने छायाँकार ह्यारी महर्जनले छायांकन गरेका छन् ।