धरान/राजधानीमा एक कार्यक्रमका बीच गायिका मिलन नेवारको चौथो एल्बम ‘मिलन यात्रा’ र पाँचौं एल्बमको ‘मन रेशम’ बोलको गीत तथा भिडियो स्रोतामाझ ल्याइएको छ ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को उपस्थितिमा गायक दीप श्रेष्ठ, वरिष्ठ गीतकार राजेन्द्र थापा, सङ्गीतकार शक्ति बल्लभहरूले गीत तथा भिडियोको लोकापर्ण गरे । एल्बममा सात वटा गीत समावेश छन् । जसमा योगेन्द्रमणी दाहालको सोलो शब्द र राजु सिंहको सोलो सङ्गीत रहेको छ । भडियोमा गायिका मिलन नेवारसँगै गायक कमल खत्रीको स्वर रहेको छ भने भिडियोमा पनि उनीहरू नै देखिएका छन् ।

भिडियोको निर्देशन राजेश पुमा राईले गरेका हुन् । यसैबीच गायिका मिलनले ‘सिङ्गिङ फर सोसाइटी’ भन्ने उद्देश्य सहित ‘मिलन च्यारिटी फाउण्डेसन’ को शुरुवातसमेत गरेकी छन् । आफ्नो साङ्गीतिक प्रस्तुति र सामाग्रीबाट आउने रकमको केही अंश समाजसेवामा खर्चन उनले बताइन् । प्रारम्भिक चरणमा मिलनले आफ्नो सहायता ‘शहीद स्मृति माध्यमिक विद्यालय’ धरानमा केन्द्रित गर्ने भएकी छन् ।

https://www.youtube.com/watch?v=lNADnaq_zOY