काठमाडौं/ नेपाल फेसन सिटी आयोजक रहेको सौन्दर्य प्रतियोगीता ‘बेष्ट मोडल अफ दी इयर’ को दोस्रो सिजन शुरु भएको छ । आयोजकले सोमबार दिएको जानकारीअनुसार माघ १७ गतेदेखि अडिसन शुरु हुने भएको हो । अडिसन पोखरा, नारायघाट, बुटवल, धरान, चितवनमा हुने भएको हो ।
अडिसनमा १४ वर्षदेखि ३२ वर्षसम्मका युवायुवती सहभागी हुन सक्ने नेपाल फेसन सिटीकी प्रबन्ध निर्देशक रुथ मास्केले जनाइन् । फाइलन स्पर्धीहरूलाई अन्तिम प्रतियोगी र्याम्प, व्यक्तित्व विकास, सञ्चारकला, फोटोसेसन, स्टेज पफर्मेन्स, पब्लिक स्पिकिङ लगायतको प्रशिक्षण दिइने भएको छ । प्रतियोगीताको विजेताले नगद एक लाख रुपैयाँसहित क्राउन प्राप्त गर्ने छ ।
प्रतियोगिताका अन्य टाइटलहरू पनि प्रदान गरिने आयोजकले जनाएके छ ।