धरान/अमेरिकी गायक निक जोनससँग विहे गरेर हनिमुनमा रहेकी बलिउड नायिका प्रियङ्का चोपडा चर्चा फेरि एक पटक चुलिएको छ ।

हिन्दु र इसाई धर्ममा विहे गरेकी प्रियङ्का यो बेलामा जेठानीसँग घुमफिरमा मस्त छिन् । यो बेला प्रियङ्का निकको बहुपासबाट छुटेर उनी जेठानी सोफी टर्नरसँग घुमफिर गरिरहेकी छन् । जेठानी सोफी पनि कुनै मोडलभन्दा कम छैनन् । निक र प्रियङ्को विहे पार्टीमासमेत लेहेङ्गामा देखिएकी उनलाई तारिफ गर्नेहरूको कमी थिएन ।

उनको सुन्दरताका अघि प्रियङ्का पनि मधुहोस छिन् । उनले जेठानी सुन्दर रहेको पनि यसअघि बताइएकी थिइन् । प्रियङ्का र सोफीको जोडीलाई ‘जोनस सिस्र्टस’ भन्ने गरिएको छ । जेठानी सोफी केही समयपछि नै उनी ‘इन्टरनेशनल शो गेम्स अफ थ्रोन्स’ सिजन ८ मा देखिदै छिन् । यो सानो पर्दाको यो कार्यक्रमको टिजर पनि रिलिज भइसकेको छ ।