इटहरी । इटहरीका वालगायक प्रितम आर्चाय भारतको जिटिभीबाट प्रशारण भइरहेको चर्चित रियालिटी सो सारेगमपा लिटिलच्याम्सको टप पन्धमा पुग्न सफल भएका छन । टप तीस वाट टप प्रन्धमा पुगेका हुन । साढे सात लाख प्रतिष्पर्धीलाई उछिन्दै टप पन्धमा पर्नु इटहरीका लागि मात्र होइन देशकै गौरबको कुरा भएको इटहरीका नगरप्रमुख द्धारिकलाल चौधरीले बताए ।
“प्रितममा धेरै सम्भावना छ उ अझै माथि पुगेर इटहरी र देशको नाम राख्नेछ” संगीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसीले भने । साढे सात लाखका माझ वाट टप प्रन्धमा पुग्नुनै कठिन कुरा हो जुन उसले पार गरेको छ,अवका चरणमा प्रत्येक कार्यक्रम बाट एक– एक जना मात्र हटने छन केसीले बताए । टप तीसमा पुगेपछि अस्ति इटहरी आउदा उनलाई इटहरीउपमहानगरले सबै नगरवासीहरुको तर्फबाट भब्य स्वागत गरेको थियो ।
स्वागत कार्यक्रममा मेयर चौधरीले प्रितम इटहरीको सान भएको बताएका थिए । उनले प्रितमलाई जीताउन सहयोगका लागि अपिल समेत गरे । बालगायक प्रितमले इटहरी उपमहानगरले गरेको स्वागतबाट आफू उत्साहित भएको बताउदै इटहरी उपमहानगरबाट धेरै साथ समर्थन मिलेको छ म इटहरीको नाम संसार भर फैलाउन चाहन्छु भनेका थिए ।