दमक/नेपाली कथानक चलचित्र सयकडा १० को कलाकार सहितको निर्मााण टोली प्रोमोशनका लागि पूर्व आईपुगेको छ ।
आगामी माघ १८ गतेबाट देशैभरिबाट प्रदर्शनमा आउन लागेको चलचित्र सयकडा १० को प्रचारका लागि टोली पूर्वका मुख्य शहरहरुमा ब्यस्त रहेको छ । भ्रष्टचार बिरुद्धको कथावस्तु समेटिएको यो चलचित्रमा हास्यब्याङग्य माफर्त भ्रष्टचार न्यूनीकरण गर्न मद्यत गरिने चलचित्र निर्माण यूनिटले अपेक्षा राखेको छ ।
हास्य कलाकार मनोज गजुरेल , राजाराम पौडेल लयागत कलाकार अभिनित यो चलचित्रमा सदाचार र दुराचार चरित्र भएको समाजको द्धन्द देखाउने खोजीएको कलाकार मनोज गजुरेलले बताए । उनले चलचित्रमा आफ्नो सदाचारको चरित्र रहेको र दुराचार गर्ने ब्यक्तिका बिरुद्धमा ब्याङ्गात्यमक शैलिमा बिभिन्न भूमिका निर्वाह गरेको बताएका छन् ।
दमक र विर्तामोडमा आयोजीत पत्रकार सम्मेलनमा चलचित्रका नायक समेत रहेका झापाकै कलाकार नविन ढुङ्गानाले चलचित्रमा भ्रष्टचार परिवारको छोराका रुपमा अभिनय रहेको बताए । नायक ढुङ्गानाले सकरात्क सोच रहेको यूवा आफ्नै परिवार भ्रष्टचार रहँदा कुन कुन क्षेत्रमा आफुलाई समस्या पर्छ भन्ने बारेको भूमिका आफुले निर्वाह गर्ने गरेको बताए ।

भ्रष्टचारका कारण समाजमा उत्पन्न समस्या र त्यसको निराकरण समेत चलचित्रमा देखाउन खोजीएको चलचित्रका लेखक तथा निर्देशक राम शरण पाठकले बताए ।