पाँचथर/ सदरमुकाम फिदिममा आगामी ४ फागुनमा नेपाली कथानक चलचित्र ‘थात्थलो’ को च्यारेटि सो हुने भएको छ । लिम्बू चलचित्रकर्मी संघ पाँचथर र हाम्रो थिएटर नेपाल पाँचथरको आयोजनामा ‘थात्थलो’ को च्यारेटि गर्न लागिएको हो ।
चलचित्रको फिदिमस्थित छाब्दीबराही चलचित्र मन्दिरमा च्यारेडि गरिने बताइएको छ । खगेन्द्र पन्धाक लिम्बूको लेखन, निर्देशन रहेको ‘थातथलो’ ले विश्वका कुनै पनि आदिवासीहरूको थात्थलोको समस्या र समाधानको बारेमा बोल्ने बताइएको छ ।
किशोर कुमार लिम्बू, सीता कुमारी तुम्बापो र खगेन्द्र पन्धाक लिम्बूले निर्माण गरेको ‘थात्थलो’ मा बिबि लिम्बूको मूख्य सहनिर्देशन रहेको छ ।
रेन्बो रेज म्युजिक प्रा लि कृत थात्थलोमा सुमी लिम्बू, कन्चन थलङ, किशोर कुमार लिम्बू, सीता कुमारी तुम्बापो, नबिन लिम्बू, आयुशा लिम्बुखिम, सन्जय लिम्बू, सज्जन श्रेष्ठ आदिको अभियन रहेको छ । साँढे २० लाख लागतमा तयार पारिएको ‘थात्थलो’ लाई यसअघि हङकङ र तेह्रथुममा प्रदर्शन गरिसकिएको छ ।
