धरान / इटहरी १९ भवानीपुरमा अवस्थित शहीद आवासीय स्मृति विद्यालयको नव निर्मित भवनको नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रि पुष्पकलम दाहाल प्रचण्डले आज उद्घाटन गरेका छन् ।
विद्यालयले आयोजना गरेको शहीद सप्ताह कार्यक्रमको समापन गर्दैं अध्यक्ष प्रचण्डले शहीदको महत्वपूर्ण योगदानले नै विश्वमा ठूला परिर्वतन भएको बताए ।
उनले विद्यार्थीको भविष्य शुनिश्चित गर्नु आवश्यक रहेको बताए । देशैभरी सरकारको लगानीमा ५ वटा मात्रै शहीद आवासीय विद्यालय रहेकाले यसलाई सरकारले व्यवस्थित गर्ने बताए । शिक्षा क्षेत्रमा परिवर्तन गर्नका लागि आँफूहरु लागि परेको उनको भनाई थियो । प्रचण्ड तराहराको कार्यक्रममा सम्बोधन गरेर झापा पुगेका छन् ।
शहीद आवासीय विद्यालयलाई सरकारले व्यवस्थित गर्छ–प्रचण्ड
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































