देउराली / सर्वाधिक धावकहरूकाे सहभागीतमा हसने नेपालकै उत्कृष्ट प्रतियाेगिता आरति स्ट्रिप्स सातौ धरान १० के रन नेवा च्यारटी धरान रनको पुरुष तर्फ तीर्थ पुन र महिला तर्फ एपिएफकी कान्छिमाया कोजु बिजेता बनेका छन् ।
१० किलोमिटरको निर्धारत दुरी ३१ मिनट १६ सेकेन्ड पुरा गर्दै पुन पुरुष तर्फका बिजेता भएका हुन । उनी भारती सेनामा रहेका छन् । उनको घर बागलुङ हो । पुनको यो चौथो जीत हो । उनले लगाचार धरान रनको विजेता बन्दैं आएका छन् ।
कोजुले उक्त दुरी ३७ मिनट ४७ सेकेन्डमा पुरा गरेर महिला तर्फकी बिजेता बनिन । उनी  एपिएफकी २००४ कि एथेन्स ओलम्पियन हुन । गत बर्ष पनि उनले नै जीतेकी थिइन ।

पुरुष तर्फ ३१ मिनट २२ सेकेन्ड र ३१ मिनट ३५ सेकन्डकमा निर्धारत दुरी पार गर्दै अनिस थापा र गजेन्द्र राई क्रसशः दोस्रो र तेस्रो भएका थिए । त्यसैगरी महिला तर्फ ३८ मिनेट १८ सेकेण्ड र ३८ मिनट ४७ सेकेन्डमा निर्धारत दुरी पार गर्दै सन्तोषी श्रेष्ठ र पुष्पा भण्डारी क्रसश स् दोस्रो र तेस्रो भएका थिए ।

खुला तर्फका विजेता प्रथम, दोस्रो र तेस्रो धावकहरुले क्रमशः ४० हजार, ३० हजार र २० हजार,ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै, १६ बर्ष मुनिका धावकहरू पुरुषतर्फ नरेश बुढा, प्रविणकुमार बोहरा,किरण लिम्बू क्रमशः प्रथम, दोस्रो र तेस्रो भएका छन्र भने महिला तर्फ मनिषा राई, चन्द्रकला भुजेल र संगीता तामाङ क्रमशः प्रथम, दोस्रो र तेश्रो भइन् ।

१२ बर्ष मुनिका उमेर समुहमा पुरुषतर्फ रोदन राई, अनिष खड्का र अशोक तामाङ प्रथम, दोस्रो र तेस्रो भए भने महिलातर्फ स्मृति राई, लक्ष्मी भुजेल र प्रकृति भुजेल क्रमशः प्रथम, दोस्रो र तेस्रो भए । उनीहरुका लागि ३ किमी दुर ितय गरिएको थियो ।

यसैगरी, ४० देखि ६० बर्षका पुरुषतर्फ धर्म महर्जन, निर्मल राई र मंगल राई प्रथम, दोस्रो र तेस्रो भए भने महिलातर्फ रितादेवी राई, भिममाया राई र गंगा गुरुङ प्रथम, दोस्रो र तेस्रो भइन् ।
प्रतियोगितामा १६ र १२ बर्ष मुनि र ४० देखि ६० बर्षका उमेर समुहका विजेताहरु प्रथम, दोस्रो र तेस्रोले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।
धरान १० के रन आयोजकले नेपालका ओलम्पियन पूर्वएथलेटिक्स खेलाडी तथा प्रशिक्षक मुकुन्दहरि श्रेष्ठलाई सम्मान गरेको छ । दौडको पुरस्कार वितरण समारोहमा उनले एथलेटिक्स खेलमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनायो । विजेता खेलाडी, सम्मानित व्यक्तित्वहरुलाई आयोजक धरान रनका संस्थापक अध्यक्ष सन्तोष राई, प्रमुख अतिथि एवं कार्यवाहक प्रमुख मञ्जु भण्डारी, बिशिष्ट अतिथि एवं नेपाल एयरलान्यसका क्याप्टेन, अभिनेता विजय लामालगायतको उपस्थिति रहेको थियो ।

याे पनिः यसरी शुरू भयाे धरान रन