उर्लाबारी/ आवश्यकता अनुसारको व्ययम नगर्दाको पिडाबाट पिडीत बनेको उर्लाबारीको एक युवाले समाजका लागि सवा करोडको लगानीमा अत्याधुनीक व्यमशाला स्थापना गरेका छन ।
शरिरलाई आराम दिदा पच्चीस बर्षको उमेरमा नै सुगर र प्रेसरबाट ग्रसीत बनेका उर्लाबारी –७ का युवा अर्जुन चाम्लीङ राईले औषधी खानुको कुनै विकल्प थिएन । नियमीत औषधी सेवन गर्दै आए । बिज्ञहरुको परामर्शले दैनिक व्यायम गरे दुवै रोगबाट उन्मूक्ती पाईने र स्वस्थ्य पनि राम्रो हुने भएकोले आफनो र समाजका सवै उमेर समुहको स्वस्थ्यमा परिवर्तन ल्याउने उदेश्यले एकल लगानीमा फिनेक्स फिटशाला स्थापना गरेको बताएका छन ।

व्यायम मानवको स्वस्थ्यको लागि दैनिकीमा अति आवश्यक पर्ने बताउदै“ चाम्लीङले फिटशालाबाट रोग तथा मानसिक तनावबाट मुक्त हुन, आकर्षक शरिर बनाउन, व्यवहार परिवर्तनको उपयुक्त थलो व्ययमनै भएकोले सवैले नियमित करिब डेढ देखि २ घण्टासम्म व्ययम गर्न आवश्यक रहेको सञ्चालक चाम्लीङले बताए ।
एरोबिक, जुम्बा डान्स, कार्डियो, फिट्नेस, स्टेप एरोबिक, किक बक्सिङ, सर्किट ट्रेनिङ, बुट क्याम्प ट्रेनिङ, एक्वा फिटनेस, सौना स्ट्रीम, लगायत कोर्स, वेट लस, वडी सेफ, वडी बिल्डिङ लगायतका कोर्ष समेत उक्त फिटशालामा सिकाईने संञ्चालक चाम्लीङले जनाएका छन ।

अढाई बर्ष कतारमा वैदेशिक रोजगारमा उर्वर समय खर्चेका चाम्लीङले आफनौ मातृभूमीमा श्रम गर्ने तिव्र ईच्छा शक्तिलाई व्यवहारमा उतारेका हुन । उनले वाबुले संचालन गरेको निर्माण व्यवसायी तथा हार्डवेरको पसलमा समेत सहयोग पु¥याउदै अन्य समय फिटशालामा दिदै आएका छन ।
दुई साता अघि स्थापना गरिएको सो फिटशालामा सवैको उमेर समुहको आकर्षण बढेकोले उर्लाबारी सहित पथरी,दमक, सिजुवा लगायतमा स्थानहरुबाट दैनिक एक सयको संख्यामा व्यायम गर्न आउने गरेका छन ।