अभिनेत्री रेखा थापा राजनीतिमा लागे पनि खासै अघि बढ्न सकेकी छैनन् । तर बेला–बेला राजनीतिसँग जोडिएर चर्चामा आउँछिन् ।
 
कहिले प्रचण्डसँग नाचेर र कहिले पार्टी परिवर्तन गरेर चर्चामा छाउने रेखाले बुधबार सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ को पार्टीका गतिविधिमाथि लगाएको प्रतिबन्धको खुलेर प्रतिवाद गरिन् ।
 
विप्लवलाई देशभक्त भन्दै उनले बुधबार बिहान ट्विटरमा लेखेकी छन्, ‘यो सरकार कसले चलाएको छ ? जबरजस्ती युद्ध थोपर्न पो थाल्यो ! देशभक्त ‘विप्लव’ माथि प्रतिबन्ध र सिके राउतलाई अँगालो हालेर नेपाली जनता तर्साउन खोजेको हो ? प्रतिवाद हुने निश्चित छ ।’