श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ चैत्र २७ गते बुधबार, १० अप्रिल २०१९ । चैत्र शुक्लपक्षको पञ्चमी तिथि १३ः५९ बजेसम्म, उप्रान्त षष्ठी नक्षत्र रोहिणि ९ः२० बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ५ः४७ र सूर्यास्त ६ः२५ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । धन आर्जनका नया“ श्रोतहरु फेला पर्नेछन् । राज्यपक्षबाट सहयोग मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भएरहला । दिन राम्रोछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । माया प्रेमको सम्बन्ध विस्तार होला । शुभ समाचार सुन्न पाइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मुद्यामामिलामा तपाइको विजय होला । नपत्यएका व्यक्तिहरुबाट उचित मानसम्मान मिल्ला । मन प्रसन्न बन्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीहरुसित रामाइलो भेट होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवामा धार्मिक कार्यक्रमको आयोजना हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । धन आर्जनका नया“ श्रोतहरु फेलापर्ने छन् । रमाइलो वातावरणमा दिन बित्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । शिर तथा आ“खा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । समाजका गन्यमान्य व्यक्तिहरुसित भेटघाट होला । शुभसमाचार सुन्न पाइएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
छोटो दुरीको लाभदायी यात्रा हुनेछ । आरम्भ गरेको काममा सफलता मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कामगर्ने जोश–जांगर र हिम्मत बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन–अध्यापनको क्षेत्रमा सफलता मिल्ला । जागिरमा बढुवा तथा स्थानान्तरण होला । मन प्रसन्न बन्नेछ ।