श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३९ चैत्र २८ गते बिहीबार, ११ अप्रिल २०१९ । चैत्र शुक्लपक्षको षष्ठी तिथि १२ः३४ बजेसम्म, उप्रान्त सप्तमी नक्षत्र मृगशिरा ८ः४२ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः४६ र सूर्यास्त ६ः२६ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
काम गर्ने जोसजाँगर र हिम्मत बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नपत्याएका व्यक्तिबाट सहोग मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय उत्तमखालको छ । महत्वपूर्ण कामको जीम्मेवारी आइलाग्न सक्छ । महिला मित्रको सहयोग प्राप्त होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धार्मिक तथा सामाजीक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीहरुसित भेट हुनेछ । मन प्रसन्न रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । महिला मित्रको विशेष सहयोग प्राप्त होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुन–चाँदी तथा तत्जन्य कार्य व्यवसायको शुभारम्भ हुनेछ । रमणिय स्थान भ्रमणगर्ने सवसर मिल्ला ।मन प्रसन्न बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आँखा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । नयाँ कार्य व्यवसायको शुभारम्भ होला । शुभ समाचार सुन्न पाइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । समाजका गन्यमान्य व्यक्तिहरुसित रमाइलो भेटघाट हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । जग्गा–जमिन तथा भवन सम्बन्धी काममा रुचि बढ्नेछ । रमणिय स्थानको भ्रमण होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय सामान्यखालको छ । पारिवाकि जीवनमा केहि समस्या आइपर्नसक्छ । अनावश्यक काममा फसिएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक यात्रागर्ने अवसर मिल्ला । शुभ समाचार सुन्न पाइएला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहने छ । आफन्तको सहयोग प्राप्त भइरहने छ ।