Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /राष्ट्रिय
राष्ट्रिय

सहमतिमै विकास निर्माणमा जाने सङ्कल्प गरेका छौँ - अध्यक्ष दाहाल

र रासस वैशाख ६, २०७६ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
सहमतिमै विकास निर्माणमा जाने सङ्कल्प गरेका छौँ - अध्यक्ष दाहाल
 
चितवन /  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिसाथ विकास निर्माणमा जाने सङ्कल्प गरेको बताएका छन ।  प्रदेश नं. ३ सरकारले आज यहाँ आयोजना गरेको निजी क्षेत्रसँग अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष दाहालले सबैको सहमतिबाटै देश समृद्ध हुने बताए । 
उनले भने , “सहमतिसाथ संविधान बनायौँ, सहमतिसाथ निर्वाचन गरायौँ अब सहमतिका साथ विकास निर्माणतर्फको यात्रा शुरु गर्ने सङ्कल्प गरेका छौँ ।” सत्तापक्ष र प्रतिपक्षलगायत सबै दलको आवाजको सार अब समृद्धि नै हो भन्ने रहेको बताउँदै दाहालले अब यसलाई कार्यान्वयन गर्नका निम्ति हामीले विशेष ध्यान दिनुपर्ने बताए  । सार्वजनिक र निजी क्षेत्र इमान्दारसाथ मिलेर विकास निर्माणमा लाग्नुपर्ने उनले बताए ।  उनले भने , “कुनै पूर्वाग्रह लिएर होइन, निजी क्षेत्रसँग सहकार्य गर्नका लागि जब इमान्दार प्रयास हुँदैन तबसम्म देश विकासले गति लिनै सक्दैन ।” सरकारी क्षेत्रले निजी क्षेत्रलाई नकारात्मक ढङ्गले हेर्ने परिपाटीले विगतमा देश विकास हुन नसकेको बताउँदै उनले भने, “राज्यले निजी क्षेत्रलाई विश्वासमा लिने पहल गर्नुपर्छ ।” निजी क्षेत्रलाई लगानीको लागि प्रोत्साहित गर्न सकिएन भने स्वदेशी र विदेशी लगानी आउँछ भन्ने सपना देख्नु दिवा सपना मात्रै भएको दाहालको भनाइ थियो ।
 
लामो समयदेखिको केन्द्रीकृत शासन प्रणाली अन्त्य भएर तीन तहको सरकार बनेको भन्दै उनले भने , “नयाँ युगको सूत्रपात भएको छ, यसलाई सफल बनाउनु पर्छ ।” २००७, २०१७ र २०४६ सालको जस्तो परिवर्तन अहिलेको नभएको बताए । “यो सामान्य मात्रात्मक होइन, गुणात्मक परिवर्तन हो ।” गुणात्मक परिवर्तनलाई आत्मसात् गर्न सकेनौँ भने यसलाई उपयोगीरुपमा राष्ट्रको पक्षमा, जनताको पक्षमा प्रभावकारी कार्यान्वयन गर्नै नसकिने उनकाे भनाई थियाे ।
 
पूर्वअर्थमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले योजना र नीति निर्माणको समस्या नभएर कार्यान्वयनको समस्या रहेको बताए  । उनले भने, “राम्रा र सुन्दर योजना त आउँलान् तर ती कार्यान्वयन हुन्छन् कि हुँदैनन् भन्ने महत्वपूर्ण विषय हो ।”  प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सो प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले यो प्रदेशमा लगानी गर्नुपर्ने क्षेत्रको बारेमा प्रस्तुति दिए । कार्यक्रमअन्तर्गत शनिबार पनि निजी क्षेत्रसँग बृहत् अन्तक्र्रिया गरिँदै छ ।
यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

सप्तकोशीमा ४३ अर्बको नयाँ पुल निर्माणको तयारी
कार्तिक १४, २०८३
चक्रवात ‘अर्नब’को प्रभावः तीन प्रदेशमा भारी वर्षाको सम्भावना
कार्तिक १४, २०८३
मन्त्री पोखरेल र कार्यवाहक राजदूत बोल्डिनबीच भेट
कार्तिक १३, २०८३
छापा संस्करण [ePaper]
  1. सप्तकोशीमा ४३ अर्बको नयाँ पुल निर्माणको तयारी
    कार्तिक १४, २०८३
  2. चक्रवात ‘अर्नब’को प्रभावः तीन प्रदेशमा भारी वर्षाको सम्भावना
    कार्तिक १४, २०८३
  3. मन्त्री पोखरेल र कार्यवाहक राजदूत बोल्डिनबीच भेट
    कार्तिक १३, २०८३
  4. धरानमा फोहोरको धुवाँले वन र बस्ती प्रभावित
    कार्तिक १३, २०८३
  5. ज्ञान, अध्ययन र सिर्जनाको त्रिवेणी ‘त्रिफला’
    कार्तिक १३, २०८३
  6. विपद् प्रभावितलाई थप १६ लाख सहयोग
    कार्तिक १३, २०८३
  7. शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने
    कार्तिक १३, २०८३
  8. निलम्बनमा एन–प्याब्सन
    कार्तिक १३, २०८३
  9. धनकुटामा मौरीपालनतर्फ बढ्दो आकर्षणः कम मिहिनेतमै लाखौँ आम्दानी
    कार्तिक १३, २०८३
  10. मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल
    कार्तिक १३, २०८३
  11. भुटानमा हिमताल विस्फोट, तातोपानी कुण्ड र सडक बगायो
    कार्तिक १३, २०८३
  12. सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी
    कार्तिक १३, २०८३
  13. इसिबी प्रमुख लेगार्डले कार्यकालअघि नै पद छाड्ने
    कार्तिक १३, २०८३
  14. चक्रवात ‘अर्नब’को प्रभावः कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित
    कार्तिक १३, २०८३
  15. स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालनमा
    कार्तिक १३, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड