श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ वैशाख ९ गते सोमबार, २२ अप्रिल २०१९ । वैशाख कृष्णपक्षको तृतीया तिथि १३ः०० बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र अनुराधा १९ः१५ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ५ः३५ र सूर्यास्त ६ः३२ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अरुको काममा बढी समय दिनुपर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । रमाइलो वातावरणमा दिन बित्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । बिछोडिएको साथीहरूसित भेट होला । मन प्रसन्न बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । लाभदायी यात्रामा सरिक भइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय मध्यम्खालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट असहयोग नहोला भन्न सकिन्न ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । आँटेताकेका कामकाजहरू पूरा हुनेछ । वैदेशिक क्षेत्रको कामबाट विशेष लाभ मिल्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
बोलीको प्रभाव बढ्नेछ । शैक्षिक क्षेत्रको माध्यमबाट विभिन्न स्थानको भ्रमण होला । शुभसमाचार सुन्न पाइएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । काम सम्पन्न गर्न बढी समय लाग्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धर्म–कर्म तथा समाजसेवामा मन लाग्नेछ । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेट एवम् खानपिन हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीहरूसित भेट होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । घरपरिवारमा नयाँ सदस्यको आगमन हुनेछ । अतिथि सेवा गर्ने अवसर मिल्ला ।