श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ वैशाख १० गते मङ्गलबार, २३ अप्रिल २०१९ । वैशाख कृष्णपक्षको चतुर्थी तिथि १३ः४१ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र ज्येष्ठा १९ः५३ बजेसम्म, उप्रान्त मूल, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ५ः३४ र सूर्यास्त ६ः३२ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । नयाँ कार्य व्यवसायको शुभारम्भ हुनेछ । आफन्तजनको सहयोग मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा मन जानेछ । वैदेशिक क्षेत्रको काममा विशेष लाभ मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य तथा प्रतिष्ठित व्यक्तित्वसँग भेट होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला । रमाइलोसँग दिन बित्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय राम्रो छ । धार्मिक तथा ऐतिहासिक स्थानको भ्रमण गर्ने अवसर मिल्ला । शुभसमाचार प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्य खालको छ । चोटपटक तथा दुर्घटनाको भय रहला । सवारी साधनको प्रयोग सावधानी अपनाउनु होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अध्ययन–अध्यापनको क्षेत्रमा सफलता मिल्ला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्य खालको छ । शरीर आलश्य रहला । आर्थिक सङ्कटको सामना गर्नु पर्नेछ । मन खिन्न रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
काम गर्ने जोश, जा“गर र हिम्मत बढ्नेछ । मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मन प्रसन्न रहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तम खालको छ । धार्मिक तथा माङ्गलिक कार्यक्रममा सहभागी भइएला । रमाइलो वातावरणमा दिन बित्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अवरुद्ध रहेका कामकाज सुचारु हुनेछन् । मित्रजनबाट आवश्यक सहयोग मिल्नेछ । मन प्रसन्न रहने योग छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भूमि तथा वाहन खरिद हुनेछ । माया–प्रेमको सम्बन्ध विस्तार होला । अतिथि सेवा गर्ने अवसर मिल्नेछ ।