श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ वैशाख ११ गते बुधबार, २४ अप्रिल २०१९ । वैशाख कृष्णपक्षको पञ्चमी तिथि १४ः०२ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र मुल २१ः०१ बजेसम्म, उप्रान्त पूर्वषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ५ः३३ र सूर्यास्त ६ः३३ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
शुभ कार्यकोे चर्चा चल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । आरम्भ गरेका काममा केहि समस्या आइपर्नसक्छ । अनावश्यक काममा फसिएला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
शुभ समाचार सुन्न पाइएला । कला तथा साहित्यिक कार्यक्रममा संलग्न भइएला । मन प्रसन्न बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । सुनचाँदी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्यामामिलामा तपाइको विजय होला । नयाँ कामको शुमारम्भ हुनेछ । रमणिय स्थानको भ्रमणगर्ने अवसर मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आँखा सम्बन्धी समास्याले निकै सताउला । अर्थिक संकटको सामना गर्नुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । विछोडिएका साथीहरुसित रमाइलो भेट हुनेछ । शुभ समाचार सुन्न पाइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जग्गा–जमिन तथा भवन सम्बन्धी काममा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । जागीरका बढुवा तथा स्थानान्तरण हुनेछ । वैदेशिक क्षेत्रको काममा रुचि बढ्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठेक्कापट्टा तथा कृषिसंग सम्बन्धीत काममा रुचि बढ्नेछ । महिला मित्रको विशेष सहयोग प्राप्त भइरहला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । अतिथि सेवागर्ने अवसर मिल्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय राम्रो छ । सेवामुलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरुसित रमाइलो भेट होला ।