श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ वैशाख १३ गते शुक्रबार, २६ अप्रिल २०१९ । वैशाख कृष्णपक्षको सप्तमी तिथि १६ः१३ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र उत्तरषाढा २३ः४१ बजेसम्म, उप्रान्त श्रवण, चन्द्रमाराशि मकर, सूर्योदय ५ः३१ र सूर्यास्त ६ः३४ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
नयाँ कामको शुभारम्भ हुनेछ । आफन्तहरूबाट विशेष सहयोग मिल्ला । रमणीय स्थानको भ्रमण हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । प्रेमसम्बन्ध विस्तार होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । शुभसमाचार प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभकार्यको चर्चा चल्नेछ । बिछोडिएका साथीहरूसित रमाइलो भेट होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन–अध्यापनमा मन जानेछ  । आफ्नो कार्य क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । जोश–जाँगर र हिम्मत बढ्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । आरम्भ गरेका काममा केही समस्या आइपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक निकायमा तपाईंको उच्चस्थान रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । शुभसमाचार सुन्न पाइएला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अनावश्यक कामको झन्झट होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि तथा पशुचौयाको व्यापार–व्यवसायमा मन जानेछ  । मातृपक्षको सहयोगमा नया“ कामको शुभारम्भ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । लामो समयदेखि रोकिएका कामकाजहरू सुचारु हुनेछन् । मन प्रसन्न बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
शुभकार्यको चर्चा चल्नेछ  । व्यापार–व्यवसायमा सोचेभन्दा राम्रो फाइदा होला । लाभदायी यात्रा होला ।