श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ वैशाख १५ गते आइतबार, २८ अप्रिल २०१९ । वैशाख कृष्णपक्षको नवमी तिथि १९ः५२ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र धनिष्ठा अहोरात्र, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ५ः३० र सूर्यास्त ६ः३१ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । सानो काममा ठूलै धनराशि लाग्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित भेट हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषि तथा पशुचौपायाको व्यापार–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग प्राप्त भइरहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्यसिद्धिको योग छ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । मनमा हर्ष र उम· छाउला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक सङ्कटको सामना गर्नुपर्ला । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट असहयोग होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । नयाँ कार्य–व्यवसायमा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अनावश्यक कामको झन्झटमा फसिएला । गर्न लागेको काममा बाधा आइपर्न सक्छ । संयमित रहनु होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ वस्त्र तथा अलङ्कार प्राप्त हुनेछ । दाम्पत्य जीवनमा खुशीयाली छाउला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । लाभदायी यात्रामा सरिक भइएला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेटघाट होला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।