श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ वैशाख १७ गते मङ्गलबार, ३० अप्रिल २०१९ । वैशाख कृष्णपक्षको एकादशी तिथि २३ः५५ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र शतभिषा ८ः१४ बजेसम्म, उप्रान्त पूर्वभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः२८ र सूर्यास्त ६ः३६ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । समाजका ठूला व्यक्तिसँग भेट होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जग्गा–जमिन तथा भवनसम्बन्धी काममा मन जानेछ । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा विशेष लाभ मिल्ला । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग प्राप्त होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय मध्यमखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । अनावश्यक काममा फसिएला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । कार्य व्यस्तताले परिवारमा समय दिन नपाइएला । शरीर अस्वस्थ रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मुद्दा–मामिलामा तपाईंको विजय हुनेछ । नयाँ कार्यको शुभारम्भ होला । रमणीय स्थानको भ्रमण हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
जग्गा–जमिन तथा भवनसम्बन्धी काममा मन जानेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त भइरहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ  । धार्मिक यात्रा गर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला  । पारिवारिक जीवनमा खुशीयाली छाउला । मन प्रसन्न बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त होला  । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ । रमाइलोमा दिन बित्ला ।