श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ वैशाख १८ गते बुधबार, ०१ मे, २०१९ । वैशाख कृष्णपक्षको द्वादशी तिथि २३ः५५ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र पूर्वभाद्रपदा १०ः४३ बजेसम्म, उप्रान्त उत्तरभाद्रपदा, चन्द्रमाराशि मीन, सूर्योदय ५ः२८ र सूर्यास्त ६ः३७ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । आम्दानीको तुलनामा खर्च अलि बढी हुनेछ । धार्मिक कार्यक्रममा मन जानेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
जग्गा तथा वाहन खरिद होला । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रम होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्तमखालको छ  । प्राविधिक क्षेत्रमा मन जानेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रम हुनेछ । अतिथि सेवा गर्ने अवसर मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्दा–मामिलामा तपाईंको विजय होला  । नपत्याएका व्यक्तिको उचित सहयोग मिल्ला । मन प्रसन्न होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
धर्म–कर्म तथा समाज सेवामा मन लाग्नेछ । नयाँ तथा रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । धर्म–कर्म तथा समाज सेवामा मन लाग्नेछ । गन्यमान्य व्यक्तिसित भेट होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । आर्थिक सङ्कट आइपर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइहरूसित भेट हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नया“ कार्य–व्यवसायको शुभारम्भ हुनेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । रमाइलो वातावरणमा दिन बित्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
नया“ व्यक्तिसित भेटघाट हुनेछ । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ  । न्यायिक काममा सफलता मिल्ला । जग्गा–जमिन खरिद हुनेछ । दिन राम्रो छ ।