श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ वैशाख २० गते शुक्रबार, ०३ मे, अप्रिल २०१९ । वैशाख कृष्णपक्षको चतुर्दशी तिथि २३ः५५ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र रेवती १४ः४४ बजेसम्म , उप्रान्त अश्विनी चन्द्रमाराशि मीन, सूर्योदय ५ः२६ र सूर्यास्त ६ः३८ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
अध्ययन भन्दा मनोरञ्जतात्मक कार्यक्रम संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेटहोला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा रुचि बढ्नेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । आर्थिक लाभ हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वस्त्र तथा आभुषण प्राप्त हुनेछ । माङ्गलिक कार्यक्रममा संलग्न भइएला । अतिथि सेवागर्ने अवसर मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय सामान्यखालको छ । घाउ चोटपटक तथा दुर्घनाको भय हुनसक्छ । हतियारको प्रयोगमा सावधानी अपनाउनु होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्दा–मामिलामा तपाइको विजय हुनेछ । नया“ कार्यको शुभारम्भ होला । वैदेशिक यात्राको सुवर्ण अवसर मिल्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आ“खा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । सानो लगानीबाट ठुलै उपलब्धी गर्न सकिएला । मित्र मिलनको योग छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मातृपक्षको विशेष सहयोग मिल्ला । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । सेवामुलक कार्यमा संलग्न भइएला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुनचा“दी तथा वस्त्र सम्बन्धी काममा मन जानेछ । परिवामा खुसीयाली छाउला । शुभसमाचार सुन्न पाइउला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मुद्दा–मामिलामा तपाइको विजय हुनेछ । राजनैतिक निकायमा तपाइको उच्च स्थान रहाल । मन प्रसन्न बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । शिर तथा आ“खा सम्बन्धी समास्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमणिय स्थानको भ्रमण हुनेछ ।