श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ वैशाख २३ गते सोमबार, ०६ मे २०१९ । वैशाख शुक्लपक्षको द्वितीया तिथि २३ः५५ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र कृतिका १७ः१९ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमाराशि वृष, सूर्योदय ५ः२३ र सूर्यास्त ६ः४० मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ । अतिथि सेवा गर्ने अवसर मिल्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । मातृपक्षको विशेष सहयोग मिल्ला । धार्मिक यात्राको योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
कृषि तथा पशुचौपायाको व्यापार व्यवसायमा मन जानेछ । नया“ कामको शुभारम्भ गर्ने अवसर मिल्ला  ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा मन जानेछ । नपत्याएका व्यक्तिहरूबाट उचित सहयोग मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समय सामान्यखालको छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । शरीर अस्वस्थ रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा रुचि बढ्नेछ  । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । मन प्रसन्न रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीहरूसित रमाइलो भेट होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय मध्यम्खालको छ । अरुको काममा बढी समय दिनुपर्ला । अनावश्यक कामको झन्झट मा फसिएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । सुन–चा“दी तथा वाहन खरिद हुनेछ । पारिवारिक जीवनमा खुशीयाली छाउला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन–अध्यापनमा मन जानेछ  । जागिरमा स्थानान्तरण होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ । दिन राम्रो छ ।