श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ वैशाख २४ गते मङ्गलबार, ०७ मे २०१९ । वैशाख शुक्लपक्षको तृतीया तिथि २३ः५५ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र रोहिणी १७ः१२ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि वृष, सूर्योदय ५ः२२ र सूर्यास्त ६ः४१ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
शुभसमाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । नयाँ कार्यको शुभारम्भ हुनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय मध्यम्खालको छ । स्वास्थ्यसम्बन्धी समस्याले निकै सताउला । सानो कामको लागि ठूलै धनराशि खर्च होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आकस्मिक धनलाभ हुनेछ । महिला मित्रको विशेष सहयोग प्राप्त भइरहला । मन प्रसन्न बन्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय उत्तमखालको छ । न्यायिक काममा सफलता मिल्ला । नपत्याएको व्यक्तिहरूबाट उचित मान–सम्मान मिल्ला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीहरूसित रमाइलो भेट हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । बन्न लागेको काममा केही समस्या आइपर्न सक्छ । विश्वास पात्रबाट धोका होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । रमणीय र सुखद् यात्राको योग छ । महिलामित्रबाट विशेष सहयोग प्राप्त भइरहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्य सम्पादनमा सहजता मिल्नेछ । अधुरो रहेका कामकाजहरू सुचारु हुनेछन् । रमाइलोमा दिन बित्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धर्म–कर्म तथा समाज सेवामा मन लाग्नेछ । विवाह ब्रतबन्ध जस्ता कार्यक्रममा संलग्न हुने अवसर मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ । बिछोडिएका साथीहरूसित पुनर्मिलन होला । मन प्रसन्न बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । माया–प्रेमको सम्बन्ध विस्तार हुनेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अध्ययन–अध्यापनमा मन जानेछ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।