मधुमल्ला/ मिस्टर हिमालय शारीरिक सुगठन सातौं संस्करण प्रतियोगितामा शारीरिक सुगठन खेलाडी रजनी श्रेष्ठ महिला एथलेटिक फिजिकल प्रथम भएकी छन् । 
 
व्यायामशाला व्यायाम मन्दिरको तर्फबाट खेलेकी मोरङ मिक्लाजुङ–९ मधुमल्लाकी रजनी श्रेष्ठले प्रतियोगितामा अन्य खेलाडीलाई उछिन्दै प्रथम भएकी हुन् । डिभाइनकी सुजिता मानन्धर र पावर हाउसकी पूजा श्रेष्ठलाई पछि पार्दै रजनी पहिलो स्थान ओगटेकी थिइन् ।
 
त्यस्तै सो प्रतियोगितामा डिभाइनकी सुजिता मानन्धर दोस्रो र पावर हाउसकी पूजा श्रेष्ठ तेस्रो स्थानमै सीमित रहे । सातौं संस्करणको मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता अन्तर्गत महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता गत वैशाख २० र २१ गते सम्पन्न भएको थियो । चारै विधामा पहिलो हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाएका थिए ।