श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ वैशाख २५ गते बुधबार, ०८ मे २०१९ । वैशाख शुक्लपक्षको चतुर्थी तिथि २३ः५५ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र मृगशिरा १६ः४० बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः२२ र सूर्यास्त ६ः४१२मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केही समस्या आइपर्न सक्छ । अरुको काममा बढी समय दिनुपर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धर्म–कर्म तथा समाजसेवामा मन लाग्नेछ । बिछोडिएका साथीहरूसित रमाइलो भेट एवम् खानपिनमा समय बित्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धन आर्जनका नया“ स्रोतहरू फेला पर्नेछन् । राजनैतिक निकायमा तपाईको उच्च स्थान रहला । शुभसमाचर सुन्न पाइएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । लाभदायी यात्रामा सरिक भइएला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । शिर तथा आ“खासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केही समस्या आइपर्न सक्छ । शरीर अस्वस्थ रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
दाम–नाम र इज्जत कमाउने बेला छ । समाजका गन्यमान्य व्यक्तिसित भेटघाट होला । बोलीको प्रभाव बढ्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
महत्वपूर्ण अवसर गुम्न सक्छ । नजिकको व्यक्तिबाट धोका पाइएला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शुभ कार्यको चर्चा चल्नेछ । नयाँ सवारीसाधन खरिद होला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । सेवामूलक कार्यक्रममा संलग्न भइएला । मन प्रसन्न बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । पारिवारिक जीवनमा खुशीयाली छाउला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।