श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ वैशाख २६ गते बिहीबार, ०९ मे २०१९ । वैशाख शुक्लपक्षको पञ्चमी तिथि २३ः३५ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र आद्रा १५ः४५ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः२१ र सूर्यास्त ६ः४२ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना हुनेछ । रमाइलो वातावरणमा दिन वित्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कला तथा साहित्यको क्षैत्रमा रुची बढ्नेछ । विछोडिएका साथीभाइसित रमाइलो भेटघाट होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा जमिन तथा वाहन खरिद हुनेछ । महिला मित्रको विशेष सहयोग मिल्ला । रमणिय स्थानको भ्रमण हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धन आर्जनका नया“ श्रोतहरु फेला पर्नेछन् । अवरोध रहेका कामकाजहरु सुचारु होला । मन प्रसन्न रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको विशेष सहयोग प्राप्त भइरहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुन सक्छ । सवारी साधनको प्रयोगमा सावधानी अपनाउनु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । धार्मिक तथा सामाजिक कार्यक्रममा संलग्न भइएला । गन्यमान्य व्यक्तिसित भेटघाट हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो सोच अनुसारको काम नबन्नाले दिक्क लाग्नेछ । अनावश्यक कामको झन्झट आइपर्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुनचाँदी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । लाभदायी यात्रामा शरिक भइएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
समय उत्तमखालको छ । सेवामूलक कार्यक्रमा संलग्न भइएला । वैदेशिक यात्राको अवसर मिल्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पारिवारिक जीवनमा खुसीयाली छाउला । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । रमाइलो वातावरणमा दिन वित्ला ।