श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ वैशाख २७ गते शुक्रबार, १० मे २०१९ । वैशाख शुक्लपक्षको षष्ठी तिथि २१ः३२ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र पुनर्वशु १४ः३३ बजेसम्म, उप्रान्त तिष्य, चन्द्रमाराशि मिथुन, सूर्योदय ५ः२० र सूर्यास्त ६ः४३ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
धर्म–कर्म तथा समाजसेवामा मन जानेछ । बिछोडिएका साथीभाइसित भेट हुनेछ । शुभसमाचार सुन्न पाइएला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनभन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय उत्तमखालको छ । धन आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । मातृपक्षको विशेष सहयोग प्राप्त भइरला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । वैदेशिक यात्राको अवसर मिल्ला । शुभसमाचार सुन्न पाइएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्दा–मामिलामा तपाईंको जित हुनेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । रमाइलो वातावरणमा दिन बित्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शरीर अस्वस्थ रहला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला । घरपरिवारबाट छुट्टिएर बस्नुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । अनावश्यक काममा फसिन सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कला तथा साहित्यको क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक यात्रामा सरिक भइएला । मन प्रसन्न बन्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । परिवारमा नयाँ सदस्यको आगमन होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन–अध्यापनभन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिसित भेट होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कार्य–व्यवसायमा केही समस्या आइपर्न सक्छ । आफनोभन्दा अरुको काममा बढी समय दिनुपर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । वैदेशिक क्षेत्रको काममा सफलता मिल्ला । शुभसमाचार सुन्न पाइएला ।