श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ वैशाख २८ गते शनिबार, ११ मे २०१९ । वैशाख शुक्लपक्षको सप्तमी तिथि १९ः१५ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र तिष्य १३ः०६ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्योदय ५ः२१ र सूर्यास्त ६ः४३ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
नयाँ व्यक्तिसित भेटघाट हुनेछ । अतिथि सेवा सत्कार गर्ने अवसर मिल्ला । माङ्गलिक कार्यक्रममा सम्लग्न होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय सामान्यखालको छ । शिर तथा आ“खा सम्बन्धि समस्याले निकैसताउला । अनावश्यक काममा धन खर्च हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
जग्गा–जमिन तथा भवन सम्बन्धी काममा रुचि बढ्नेछ । महिला मित्रको विशेष सहयोग मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शुभसमाचार सुन्नपाइएला । बन्धु वान्धवबाट विशेष सहयोग मिल्ला । लाभदायी यात्रामा शरिक भइएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केहि समस्या आइपर्नसक्छ । विश्वासपात्रबाट धोका होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मुद्दा–मामिलामा तपाइको विजयहुनेछ । नपत्याका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । मन प्रसन्न बन्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभ समाचार सुन्न पाइएला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । पारिवारिक जीवनमा खुसीयाली छाउला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन–अध्यापन भन्दा मनोरञ्जनात्म कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाइहरुसित भेटघाट हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केहि समस्या आइपर्नसन्छ । अनावश्यक कामको झन्झटमा फसिएला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभुषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । मन प्रसन्न बन्नेछ ।