श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ वैशाख २९ गते आइतबार, १२ मे २०१९ । वैशाख शुक्लपक्षको अष्टमी तिथि १६ः१५ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र अश्लेषा ११ः३० बजेसम्म, उप्रान्त मघा, चन्द्रमाराशि कर्कट, सूर्योदय ५ः१९ र सूर्यास्त ६ः४३ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केहि समस्या आइपर्नसक्छ । विश्वासपात्रबाट धोका होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । रमणिय स्थानको भ्रमण होला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
वस्त्र तथा आभुषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । अतिथि सेवा गर्नु पर्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वैदेशिक क्षेत्रको काममा रुचि बढ्नेछ । महिला भित्रको विशेष सहयोग मिल्ला । माङ्गलिक कार्यक्रमको आयोजना हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । कार्य व्यवसायमा केहि समस्या आइपर्नसक्छ । अनावश्यक काममा फसिएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । शुभ कार्यको चर्चा चल्नेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
विद्या र बुद्धिको विकास हुनेछ । रजनैतिक क्षेत्रमा सफलता मिल्ला । साथीभाइको सहयोग प्राप्त भइरहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय उत्तमखालको छ । आटे र ताकेको काम पुरा हुनेछ । आफ्नो कार्य क्षेत्रमा प्रभुत्व जमाउन समिएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सामाजिक क्षेत्रमा सफलता मिल्ला । रमणिय स्थासनको भ्रमणगर्ने अवसर प्राप्त हुनेछ । मन प्रसन्न बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय सामान्यखालको छ । शिर तथा आ“खा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । परिवारिक जीवनमा खुसीयाली छाउला । मन प्रसन्न बन्नेछ ।