श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ जेठ ८ गते बुधबार, २२ मे २०१९ । जेष्ठ कृष्णपक्षको चतुर्थी तिथि २३ः३९ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र पूर्वाषाढा २३ः५५ बजेसम्म, अहोरात्र उप्रान्त पूर्वाषाढा, चन्द्रमाराशि धनु, सूर्योदय ५ः१४ र सूर्यास्त ६ः४८ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । नया“ वस्त्र तथा अलंकार प्राप्त हुनेछ । टाढा रहेका साथीभाइसित भेट होला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफन्त तथा साथीभाइको सहयोग प्राप्त भइरहला । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन–अध्यापन भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्त होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वैदेशिक यात्राको अवसर मिल्ला । साथीभाई तथा आफन्तको सहयोग प्राप्त भइरहला । मन प्रसन्न बन्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला । रमाइलोमा दिन वित्ला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा केहि समस्या आइपर्नसक्छ । अनावश्यक काममा फसिएला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमणिय स्थानको भ्रमणगर्ने अवसर मिल्ला । विछोडिएका साथीभाइहरुसित भेटघाट एवं खानपिन हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमा केहि समस्या आइपर्नसक्छ । विश्वासपात्रबाट धोका होला । शरिर अश्वस्थ रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चा“दी तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग प्राप्त भइरहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कृषि तथा तत्जन्य कार्य व्यवसायमा मन जानेछ । लाभदायी यात्रामा शरिक हुने अवसर मिल्ला । मन प्रसन्न बन्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । माया प्रेमको सम्बन्ध विस्तार होला । रमाइलो वातावरणमा दिन वित्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मुद्यामामिलामा तपाइको विजय हुनेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । शुभसमाचार सुन्न पाइएला ।