श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ जेठ १४ गते मङ्गलबार, २८ मे २०१९ । जेष्ठ कृष्णपक्षको नवमी तिथि १२ः०१ बजेसम्म, उप्रान्त दशमी, नक्षत्र पूर्वभाद्रपदा १७ः५७ बजेसम्म, उप्रान्त रत्तरभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः११ र सूर्यास्त ६ः५२ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय मध्यमखालको छ । कार्य–व्यवसायमा केहि समस्या आइपर्नसक्छ । अरुको काममा बढी समय दिनुपर्ला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
फलदायी समय रहेकोछ । परिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला । रमाइलोमा दिन वित्ला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) समय उत्तमखालको छ । राजनैतिक निकायमा तपाइको उच्च स्थान रहला । शुभ समाचार सुन्न पाइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमणिय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन । मन प्रसन्न बन्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मुद्या–मामिलामा तपाईको विजयहोला । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । शुभ समाचार सुन्न पाइएला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । कार्य–व्यवसायमा केही समस्या आइपर्नसक्छ । अनावश्यक कामको झन्झट आइपर्नसक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
बोलीको प्रभाव बढ्नेछ । वैदेशिक क्षेत्रको काममा विशेष लाभ मिल्ला । रमणिय स्थानको भ्रमणगर्ने अवसर मिल्ला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययन–अध्यापनमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण हुनेछ । शुभ समाचारले मन प्रसन्न बन्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय सामान्यखालको छ । पारिवारिक जीवनमा समस्या आइपर्न सक्छ । अनावश्यक काममा ठुलै धनराशी खर्च होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । राजनैतिक क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । लाभदायी यात्रा हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । मन प्रसन्न रहला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभुषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । रमाइलोमा दिन वित्ला ।