श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ जेठ १७ गते शुक्रबार, ३१ मे २०१९ । जेष्ठ कृष्णपक्षको द्वादशी तिथि १६ः०५ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र अश्विनि २३ः३७ बजेसम्म, उप्रान्त भरणि, चन्द्रमाराशि मेष, सूर्योदय ५ः११ र सूर्यास्त ६ः५३ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । धर्मकर्म तथा समाजसेवामा मन जानेछ । राजनैतिक निकायमा तपाईको उच्च स्थान रहला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । जीवनमा खुसीयाली छाउला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मुद्या–मामिलामा तपाईको विजय हुनेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । रमाइलोमा दिन वित्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । बिछोडिएका साथीभाइहरुसित रमाइलो भेटघाट एवं खानपिन हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् । मन प्रसन्न रहला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ ।शिर तथा आ“खा सम्बन्धी समस्याले निकै सताउला । आर्थिक संकटको सामना गर्नुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । नया“ कार्य व्यवसायको शुभारम्भ हुनेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सेवामुलक कार्यक्रममा संलग्न भइएला । राजनैतिक क्षेत्रमा उत्तार चढाव आउला । सोच अनुसारको काम नहोला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पर्यटन व्यवसायमा मन जानेछ । वैदेशिक यात्राको अवसर मिल्ला । माया प्रेकमो सम्बन्ध विस्तार हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । घरपरिवारमा माङ्गलिक कार्यक्रमको आयोजना होला । अतिथि सेवा गर्ने अवसर मिल्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन–अध्यापनमा मन जानेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । शुभ समाचारले मन प्रसनन बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । धर्मकार्ममा मन जानेछ । समाजका गन्यमान्य व्यक्तिसित रमाइलो भेटघाट एवं खानपिन हुनेछ ।