श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ ज्येष्ठ २१ गते मङ्गलबार,४ जुन २०१९ । ज्येष्ठ कृष्णपक्षको प्रतिपदा तिथि १४ः५३ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र मृगशिरा २३ः३७ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि वृष, सूर्योदय ५ः१० र सूर्यास्त ६ः१५ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । रजनैतिक क्षेत्रमा तपाईको उच्च स्थान रहला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मिष्ठान्न भोजन प्राप्तहुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) समय उत्तमखालको छ । सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मान सम्मानमा अघात पर्ला । अनावश्यक कामको झन्झट आइपर्नसक्छ । दिनको उत्तरार्धतिर शुभ समाचार सुन्न पाइएला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभ कार्यको चर्चाचल्नेछ । धन आर्जनका नया“ श्रोतहरु फेला पर्नेछन् । माया प्रेमको सम्बन्ध विस्तार होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । आफ्नो भन्दा अरुको काममा बढी समय दिनुपर्ला । आर्थिक संकटको सामना गर्नुपर्ला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दनीका नया“ श्रोतहरु फेलापर्नेछन् । सानो कामबाट ठुलै उपलब्धी मिल्ला । बोलीको प्रभाव बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । गरिराखेको कार्य–व्यवसायबाट मन अघाउन सक्छ । शरिर अश्वस्थ्य रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभ समाचार सुन्न पाइएला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
धार्मिक यात्राको योग छ । समाजका गन्यमान्य व्यक्तिहरुसित रमाइलो भेटघाट एवं खानपिन हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समय उत्तमखालको छ । जग्गा–जमिन तथा वाहन खरिद हुनेछ । नपत्याएका व्यक्तिहरुबाट उचित मानसम्मान मिल्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कला तथा साहित्यको क्षेत्रमा मन जानेछ । रमणिय स्थानको सुखद यात्रा होला । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।