काठमाडौं / प्रतिनिधिसभाकामा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको विषयमा सांसदहरुले कारवाहीको माग गरेका छन् ।  सांसदहरुले इटहरी उपमहानगरपालिका मेयर द्वारिकालाल चौधरी अराजक भएको भन्दैं उनीमाथि कारवाही गर्न माग गरेका हुन ।

बिहीबारको संसद बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सञ्चारकर्मीमाथि दुर्व्यवहार गर्ने मेयर चौधरीलाई कारवाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराए ।

सांसदद्वय सुजाता परियार र हिरा गुरुङले मेयर चौधरीबाट सञ्चारकर्मीमाथि भएको दुर्व्यवहारप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।
फौजदारी अपराध अन्तर्गत कारबाही गर्न माग गरेका हुन् । स्वतन्त्र पत्रकारिताको मूल्य मान्यताविपरीत र कानुनी राज्यको मान्यता पनि उल्लंघन हुने गरी मेयर चौधरीले धम्की दिएकोले फौजदारी कानुनअन्तरगत कारबाही गर्न सांसद परियारले माग गरिन् ।

कांग्रेसकी सांसद परियारले ‘इटहरीको मेयरको हर्कत राम्रो भएन पत्रकारमाथि नै आक्रामणको धम्कीले हामीले प्राप्त गरेको लोकतान्त्रिक खतरामा परेको बताइन । अर्का सांसद गुरुङले इटहरीका मेयरले दुई तिहाइको दम्भ देखाएको आरोप लगाइन । उनले मेयरलाई फौजदारी अपराध अन्तर्गत कारबाहीको दायरामा ल्याउन माग गरिन ।