श्री शालिवाहनीय शाके १९४१ वि.सं. २०७६ साल ने. सं. ११३९ जेठ २४ गते शुक्रबार,७ जुन २०१९ । ज्येष्ठ शुक्लपक्षको चतुर्थी तिथि ९ः३५ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र तिष्यु २१ः१४ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्योदय ५ः१० र सूर्यास्त ६ः५६ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय उत्तमखालको छ । महत्वपूर्ण शुभारम्भ हुनेछ । मातृपक्षको विशेष सहयोग प्राप्त भइरहला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
नजिकको व्यक्तिहरुबाट मान सम्मान मिल्ला । मनका इच्छाआका“क्षा पूराहुनेछन् । प्राविधिक क्षत्रमा रुचि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) अधिकार प्राप्तिका लागि निकै संघर्ष गर्नुपर्ला । कामको अवसर गुम्न सक्छ ।बोल्दा सावधान हुनुपर्ला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाइसित रमाइलो भेटघाट हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । विछोडिएका साथीभाइसित भेट हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय सामान्यखालको छ । कुनै सामान हराउने वा चोरी हुनसक्छ । अर्काको भरमा कुनै कामको जीम्मा नदिनु होला ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय सामान्यखालको छ । जग्गा–जमिन तथा भवन सम्बन्धी काममा रुचि बढ्नेछ । रमणिय स्थानको भ्रमण हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ठेक्का–पट्टा तथा पर्यटन व्यवसायमा मन जानेछ । अवरोध रहेका कामकाजहरु सुचारु हुनेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सुन–चा“दी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । साथीभाइ तथा आफन्तको सहयोग प्राप्त होला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । जागरमा बढुवा तथा स्थानान्तरण होला । वैदेशिक यात्राको अवसरमिल्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कृषि तथा तत्जन्य कार्य–व्यवसायमा रुचि बढ्नेछ । बहुमुल्य बस्तु उपहारमा प्राप्त होला । मन प्रफुल्ल बन्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय उत्तमखालको छ । वस्त्र तथा आभुषण प्राप्त हुनेछ । माङ्गलिक कार्यक्रममा संलग्न भइएला ।