कोलकाता / भारतको पश्चिम बंगालमा आइतवार भएको हिंसात्मक झडपमा चारजना मारिएको भारतीय सञ्चार माध्त्तयमहरुले जनाएका छन् ।
पश्चिमबंगलाको उत्तरस्थित २४ परगना जिल्लामा शनिबार साँझ भएको झडपमा चारजना मारिएका हुन्। समाचार अनुसार भाजपाको झण्डा फ्याकिए पछि गोली हानाहान भएको बताइएको छ ।
भाजपाले आफ्ना तीन र तृणमूलका एक कार्यकर्ता मारिएको जनाएको छ। भाजपाका प्रदेश महासचिव सायंतन बसुले संदेशखलीमा तृणमूल कार्यकर्ता भाजपाको झण्डा निकालिरहेका थिए र हाम्रा कार्यकर्ताले रोक्न खोज्दा गोली चलाएको दावी गरेका छन् ।
ु उता तृणमूलले भने कार्यकर्ताले भने आफ्ना कार्यकर्तालाई अपहरण गरेर गोली हानिएको दाबी गरेको छ।
तनाव बढे पछि उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको भारतीय सुरक्षा अधिकारीले जनाएका छन् ।
सायन्तन बसुले गोली चलाइँदा सुकान्ता मण्डल, प्रदीप मण्डल र शंकर मण्डलको ज्यान गएको छ। अझै दुई कार्यकर्ता बेपत्ता भएको भाजपाले जनाएको छ ।